बालिकालाई जबरजस्ती करणी गरेर फरार युवक पक्राउ

प्रकाशित मिति:

-काठमाडौँ गत जेठ ८ गते ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी फरार भएका एक युवक पक्राउ परेका छन् । ८ गते साँझ ५:३० बजेको समयमा धामी बाजुराको खप्तड छेडदह गाउँपालिका(४ गुदुखाती बस्ने ११ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेर फरार भएका हुन् ।

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ पर्नेमा सोही ठाँउका १८ वर्षीय अमर बहादुर धामी रहेका छन् । उनलाई गएराति ९स् ४५ बजेको समयमा सोही वडाको भगाड भन्ने स्थानमा लुकीछिपी रहेको अवस्थामा प्रहरीले पक्राउ गरको हो। उनलाई थप ‍अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।