धरानमा भएको स्नुकरको उपाधी बुटवलका रेगन श्रेष्ठलाइ

प्रकाशित मिति:

धरान १० मा रहेको चेल्सी स्नुकर हाउसको आयोजनामा सम्पन्न प्रदेश १ मै सबैभन्दा ठुलो धनराशी पुरस्कार भएको पहिलो खुल्ला स्नुकर टुर्नामेन्ट २०७६ को उपाधी बुटवलका खेलाडी रेगन श्रेष्ठ विजयी बनेको छ ।

मंगलबार बेस्ट अफ ११ मा खेलाइएको फाइनल खेलमा श्रेष्ठले विराटनगरका खेलाडी अमन कार्कीलार ६(१ को सेटमा पराजित गरेका थिए । विजेता बन्दै श्रेष्ठले नगद १ लाख ५ हजार सहित ट्रफि हात पारे भने उपविजेता बनेको कार्कीले नगद ५५ हजार र ट्रफि हात पारे । प्रतियोगितामा हाइएस्ट ब्रेक गर्ने खेलाडी काठमाडौका सोम लामा भए । एक Aब्रेकमा ६० अंक जोडेका लामालार्इ नगद २० हजार ५ सय सहित ट्रफि प्रदान गरीएको थियो ।

प्रतियोगितामा तेश्रो हुने खेलाडी धरानका बालकुमार लिम्बु र चौथो हुने खेलाडी धरानका दोर्जे तामाङलार्इ पनि ट्रफिले सम्मान गरीएको थियो । त्यो संगै क्वाटरफाइनलिस्ट खेलाडी धरानका भक्त लिम्बु, इटहरीका कृष्ण गुप्ता, विराटनगरका सरोज गातम र काठमाडौका राजन लामालार्इ समेत ट्रफि प्रदान गरीएको थियो ।यहि जेठ १ गतेदेखि सुरू भएको प्रतियोगितामा धरान, इटहरी, काठमाण्डौ, विर्तामोड, विराटनगरका र बुटुवलका गरी ५२ जना खेलाडी सहभागी रहेको थियो । विजेताहरूलार्इ चेल्सी स्नुकरका संचालक कुन्दन तामाङ, प्रमुख अतिथी धरानका कार्यबाहक प्रमुख मन्जु भण्डारी सुवेदी, विशिष्ट अतिथी नेपाल विलियार्डसका केन्द्रीय उपाध्यक्ष मिरा दाहाल, धरान १८ का वडाअध्यक्ष प्रविण रार्इ, खेलकुद विकाश समिती धरानका सदस्य विकाश चाम्लिङ रार्इ लगायतले पुरस्कार वितरण गरेका थिए ।v