काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा भारतीय नक्कली नोटसहित ६ जना पक्राउ परेका छन्। भारु नोट ल्याउनेमा ३ पाकिस्तानी र नोट लिन आउने ३ नेपाली पक्राउ परेको विमानस्थल भन्सार कार्यालयका प्रमुख गजेन्द्र ठाकुरले जानकारी दिए।
‘रकम ठूलो मात्रामा देखिएको छ,’ उनले भने, ‘कति छ भन्नेबारेमा केहीबेर पछि जानकारी हुन्छ।’ नेपालले प्रतिबन्ध लगाएका भारु २ हजारका नोट रहेको उनले बताए। ती विदेशीहरु भने कतार एयरवेजको जहाजबाट काठमाडौं आएका थिए।












