बार एशोसिएसनको अध्यक्षमा साह विजयी

प्रकाशित मिति:

कल्याणपुर (सप्तरी) – कानून व्यवसायीहरुको संगठन सप्तरी जिल्ला बार एशोसिएसनको शुक्रबार सम्पन्न निर्वाचनमा डोमन साह नेतृत्वको प्यानल विजयी भएको छ । अध्यक्षमा डोमन साहले १९ मतको अन्तरले अर्का समुहका उम्मेदवार महेश्वर साहलाई पराजित गर्नुभएको हो ।  त्यस्तै पदाधिकारीहरुमा उपाध्यक्षमा महेन्द्र प्रसाद देवले ४८ मत ल्याएर विजयी भएका छन भने उहाँको प्रतिद्वन्द्वी लोकनाथ यादवले ३५ मत ल्याएका छन् ।

त्यस्तै सचिवमा ओमप्रकाश यादवले ४५ मत ल्याएर विजयी भएका छन् भने उहाँका प्रतिद्वन्द्वी ध्रुव कुमार मण्डलले ३८ मत ल्याएका छन् । कोषध्यक्षमा शंकर कुमार मिश्रले ४५ मत ल्याएर विजयी भएका छन भने प्रतिद्वन्द्वी विरेन्द्र प्रसाद चौधरीले ३५ मत ल्याउनु भएको छ ।

त्यस्तै सदस्यहरुमा शिवनारायण यादव , शम्भु कुमार यादव , रामनरेश दास, सुरेश कुमार सिंह र इन्द्रकान्त चौधरी निर्वाचित भएका छन् ।
त्यस्तै पार्षदमा केशर लाल खंग विर बहादुर कडारी, उमेश नाथ, शरण कर्मचन्द चौधरी र महेश्वर साह नेतृत्वको कमल कुमार यादव निर्वाचित भएका छन्  जिल्ला कार्यसमितिको निर्वाचनमा महेश्वर साह नेतृत्वको स्वतन्त्र पेशागत कानून व्यवसायी समुह र डोमन साह नेतृत्वको पेशागत हकहित प्रति पूर्ण प्रतिवद्ध समूहबीच चुनावी प्रतिस्पर्धामा रहेको थियो ।

कूल ८६ सदस्य रहेको जिल्ला बारको निर्वाचनमा दुई समुह बनाएर कानून व्यवसायीहरु निर्वाचन प्रतिस्पर्धामा थिए भने कूल ८३ मत खसेको निर्वाचन समितिका संयोजक दुर्गानन्द चौधरीले जानकारी दिनुभयो । यस अधि सह–सचिवमा रंजिता रिजाल र महिला सदस्यमा ममता चौधरी निर्विरोध निर्वाचित भईसकेका छन ।