फ्लोरमा ‘छ माया छपक्कै

प्रकाशित मिति:

काठमाडौँ -मुनाफाको ५० प्रतिशत लिने सर्तमा पहिलो पटक बाहिरी ब्यानरसँग सहकार्य गरेको दीपकराज गिरी र दीपाश्री निरौला समुहको नयाँ फिल्म ‘छ माया छपक्कै’ को बिहीवारबाट छायांकन सुरु भएको छ । रोहित अधिकारी फिल्मस् र आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण हुने फिल्मलाई घामपानीु र गापीु फेम्ड निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्दैछन् ।

फिल्मको काभ्रेबाट छायांकन सुरु भएको हो । निर्देशक लामालाई निर्देशनमा छक्का पञ्जाु सिरिजकी निर्देशक दीपाश्री निरौलाले सघाउने छिन् । निर्माण टिमले यो फिल्मलाई दशैंमा प्रदर्शन गर्ने लक्ष्य बनाएको छ । रिलिज अगावै फिल्मले बक्सअफिसमा रेकर्डतोड व्यापार गर्ने आँकलन फिल्मवृतमा सुरु भइसकेको छ । फिल्मको सुटिङ सेड्युल एक महिनाको छ । फिल्ममा कलाकार दीपकराज गिरीले अभिनेत्री केकी अधिकारीसँग रोमान्स गर्दैछन् । ४० वर्ष उमेर अन्तरालको प्रेम कथामा आधारित भएर निर्माण हुन लागेको फिल्ममा केदार घिमिरे, जितु नेपाललगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । फिल्म खिच्ने जिम्मेवारी हरि हुमागाइँको काँधमा छ । रोशन श्रेष्ठको द्वन्द्व रहने फिल्ममा दीपक शर्माको संगीत छ

कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्मलाई विपिन मल्लले सम्पादन गर्नेछन् । निर्देशक लामाको कथा रहेको फिल्मको पटकथा दीपकराजको हो । संवादमा भने दीपकलाई केदार, जितु र अभिमन्यू निरबीले सघाएका छन् । जितु र केदार फिल्मका कार्यकारी निर्माता हुन् । निर्देशक लामाले यो फिल्म ‘छक्का पञ्जा’ फ्रेन्चाइजको निरन्तरता नभएको बताएका छन् ।