फरक किसिमको लोकगित “लोभी आखा “ले दर्शकको मन जित्दै, पुष्प र सिल्पाको मिलेको केमेस्ट्री

प्रकाशित मिति:

बुटवल -सबैको प्रतिक्षामा रहेको बिल्कुलै नया शैली अनि नया भिडियो शैलीको लोकदोहोरी गीत लोवी आखा को म्युजिक भिडियो सार्बजनिक भएको छ ।शिल्पा र पुष्पको जोडी अझ खुलेको छ भने यी दुइ यस गीतको भिडियोमा राजा र रानी झैँ देखिएका छन ।

गीतकार कृष्ण केसीको शब्द सिर्जना अनि बसन्त थापाको संगीत सिर्जना रहेको गीतको संगीत संयोजन भने आशिष अविरलले गरेका छन् । आफ्नो मन युट्य़ुब च्यानलले बजार ब्यबस्थापन गरेको गीतमा बसन्त थापा र लक्ष्मी मल्लको आबाज रहेको छ ।

सार्वजनिक गीतको म्युजिक भिडियोले चलनमा रहेको लोक दोहोरी गीतको भिडियो शैलीलाइ परिवर्तन गरेको छ भने यति मात्र नभएर यस गीतको भिडियोले लोक दोहोरी क्षेत्रको विकास समेत भएको शंज्ञा दिएको छ । परापूर्वकाल देखि चलन र चल्तीमा आएको लोकदोहोरी गीतको म्युजिक भिडियोमा जहा ढाका,टोपी पटुकी र गुन्यो ,चोलो र सारीलाइ अनि डाडा,पाखा ,भ्नाज्याँन र हाट,बजार अनि मेलालाइ बिशेष प्राथमिकता दिदै आइरहेको थियो । तर समय अनि परिस्थिति फरक परिवर्तन भए संगै अहिले यहाँ सम्म आउदा यस लोकदोहोरी गीतले पनि कोल्टे फेरेको महसुश यहि गीतको म्युजिक भिडियो मार्फत भएको छ । हेर्दा पनि चलचित्रको अनि पप गीतझैँ लाग्ने यस गीतको म्युजिक भिडियो निकै आकर्षण बनेको छ ।