विप्लब समूहले आह्वान गरेको बन्दले जनजीवन प्रभावीत

प्रकाशित मिति:

प्रतिबन्दित नेकपा माओवादी विप्लव समूहले गरेको बन्द का कारण रुपन्देहीको जनजीवन प्रभावीत भएको छ । गत मंगलवार भोजपुरमा प्रहरीसंगको गोली हानाहानमा आफना कार्यकर्ता मृत्यु भएपछी त्यसको बिरोधमा बिप्लव समूहले आज नेपाल बन्द घोषणा गरेको हो । प्रहरीको गोलि प्रहारबाट गम्भिर घाइते भएका भोजपुरको षडानन्द नगरपालिका २ का नेकपाका कार्यकर्ता ३२ बर्षिय तिर्थराज घिमिरेको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । सामान्य निशस्त्र मान्छेलाई कब्जामा लिई योजनाबद्ध तरिकाले गोलि हानेर प्रहरीले हत्या गरेको बताउदै बिरोधमा बन्द आब्हान गरेको हो । बिप्लव समूहले आब्हान गरेको बन्दको प्रभाव बुटवल तथा आसपासको क्षेत्रमा बिहानैदेखि परेको छ । बुटवलको बसपार्कबाट लामो तथा छोटो दुरीमा चल्ने बस छुटेका छैनन । सडकमा मोटरसाइकल मात्र चलेका छन । पसलहरु पनि खासै खुलेका छैनन । बन्दका. प्रभाव बुटवल तथा आसपासको क्षेत्रमा बिहानैदेखि परेको छ । अत्यावश्यक साधन र फ्याट्टफुट्ट मोटरसाइकलबाहेक अन्य सवारी साधन गुडेका छैनन् । बिहानी समयमा संचालन हुने विद्यालय समेत ठप्प छ । सडकमा विप्लवका कार्यकर्ता नदेखिएपनि जिल्लामा बिहानैदेखि बन्दको प्रभाव परेको छ ।