मर्चवारीमा पत्रकारीता तालीम सुरु

प्रकाशित मिति:

मर्चवार, १३ जेठ । रुपन्देहीको मर्चवारी गाउँपालिकामा सोमबार देखी पत्रकारीता तालीम शुरु भएको छ । हातेमालो बिकास तथा सञ्चार केन्द्रको आयोजना तथा मर्चवारी गाउँपालिकाको सहयोगमा ६ दिवसीय पत्रकारीता तालीम शुरु भएको हो । तालीमको उदघाटन गर्दै मर्चवारी गाउँपालिकाका अध्यक्ष केशव नन्द बनियाले मर्चवारका गतिविधिहरु सञ्चार क्षेत्रमा पहुँच पु¥याउने लक्ष्य सहित स्थानिय युवा युवतीलाई तालीम प्रदान गरिएको बताए । उनले अझै पनि सदरमुकाम केन्द्रित पत्रकारीताका कारण मर्चवारका कतिपय घटनाहरु ओझेलमा परि रहेको बताउदै यस्ता घटना उजागर गर्न पनि मर्चवारमा उर्जावान पत्रकारको आवश्यकता रहेको बताए ।

मर्चवारी गाउँपालिकाका सबै वडा समेटिने गरि १ सय जना स्थानिय युवा युवतीलाई तालीम दिने लक्ष्य सहित गाउँपालिकाको सहयोगमा तालीम शुरु गरिएको हातेमालो बिकास तथा सञ्चार केन्द्रका अध्यक्ष राधेश्याम विश्वकर्माले जानकारी दिए । उनले तालीमको समापन जेठ १८ गते हुने बताए । तालीमलाई पत्रकार राधेश्याम विश्वकर्मा, विवेक विश्वकर्मा र शंकर पाण्डेले सहजीकरण गर्ने छन् ।

हातेमालो बिकास तथा सञ्चार केन्द्रका अध्यक्ष राधेश्याम विश्वकर्माको अध्यक्षता, गाउँपालिका अध्यक्ष केशव नन्द बनियाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य छोटु हरिजन, गाउँ कार्यपालिका सदस्य पुनम मिश्राले बोलेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार विवेक विश्वकर्माले गरेका थिए ।