एजेन्सी – भारतको चर्चित रियालिटी सो ‘सारेगमप लिटिल च्याम्प’ मार्फत नेपालका प्रितम आचार्य निकै चर्चामा आएका छन । आचार्यले अडिसन राउण्डमा नै दमदार प्रस्तुति दिएर जज र दर्शकहरुको मन जितेका छन ।
नेपालीहरुले मन जितेर फर्कन्छु भन्दै उनले भने मलाई जिताउँन सेयर र लाईक गरिदिनु पर्यो भन्दै अपिल गरेका छन् । प्रितमले दिएको धमकेदार प्रस्तुतीले टाईगरका बुवा ज्याकी श्राफलाई रुवाए। प्रितमले भने मलाई जित्नको लागी तपाईहरुको साथ चाहिएको छ सहयोग गरिदिनु पर्यो । प्रितमले एक पछि अर्को धमाकेदार प्रस्तुति दिएर सबैलाई चकित पारेका छन् ।
लेभल टु’मा सेलेक्ट भएका आयुष र प्रितम स्टुडियो राउण्डको लागि मुम्बई गए। त्यसपछि ‘कलिङ्ग राउण्ड’ अनि ‘मेगा अडिसन’राउन्ड हुदै उनीहरू टप ९ मा पर्न सफल भएका हुन्। अब उनको भोटिङ्ग सुरु हुने र त्यसका लागि आफ्नो चर्चा हरेक नेपाल र भारतमा रहेका नेपाली भाषी सम्म पुग्न जरुरी भएकाले सेयर गरेर माया दिन प्रितमले अपिल गरेका छन् ।












