मेगा बैंकका गार्डले आफैंलाई खुकुरी हानेपछि

प्रकाशित मिति:

बुटवल – दैलेख बजारमा रहेको मेगा बैंकका सुरक्षा गार्डले आफैमाथि खुकुरी प्रहार गरेका छन् । सदरमुकाम नारायण नगरपालिकामा रहेको मेगा बैंक शाखा कार्यालयमा कार्यरत ४५ वर्षीय हस्तबहादुर रानाले आफैंले भिरेको खुकुरी निकालेर पेटमा प्रहार गरेका हुन् ।

खुकुरी प्रहारबाट घाइते नौमुले गाउँपालिका ६ सल्लेरी घर भएका रानाको दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयबाट ५० मिटर पर रहेको बैंकमा भएको सो घटनाबारे प्रहरी निरीक्षक नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।