रौतहट-रौतहटमा एक जना कटुवा पेस्तोलसहित पक्राउ परेका छन् ।पक्राउ परेका परोहा नगरपालिका ९ का ४५ बर्षीय छोटेलाल साहको साथबाट पेस्तोलसंगै विभिन्न साम्रगी र पैसा बरामद भएको छ ।
साहबाट एनसेलको सिमकार्ड १ थान, नेपाली रुपैयाँ ५ हजार २ सय ५०, भारतीय रुपैयाँ ४ हजार १ सय र चक्कु १ थान ,पेस्तोल र एक थान ल्यापटप बरामद भएको प्रहरी कार्यालयले बताएको छ ।कटुवा उक्त मंगलबार पक्राउ गरिएको छ । पक्राउ परेका साहमाथि अनुसन्धान थालेको प्रहरीले बताएको छ ।












