करेन्ट लागेर बालकको मृत्यु

प्रकाशित मिति:

दैलेख -करेन्ट लागेर एक बालकको ज्यान गएको छ । नारायण नगरपालिका वाड नं १० का समिर रावत विद्यालय जाँदै गर्दा विद्युतको पोलबाट लिग भएको करेन्ट लगेर ज्यान गएको हो ।बुधबार बिहान करिब ९ः३० बजे तिर घरबाट विद्यालय गएका बालक रावतलाई नारायण नगर ४ कल्लेल चोक नजिक विद्युतको पोलबाट लिग भएको करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका रावोत उपचारको लागि जिल्ला अस्पताल दैलेख लाने क्रममा बच्चाको ज्यान गएको स्थानीय दल बहदुर कतुवालले बताए ।

केही दिन अगाडि हावाले भाचेको पोल हटायर नयाँ पोल रख्नु पर्नेमा विद्दुतका कर्मचारीले पुरानो पोल नसारी लापरवाही गरी दुबै पोल एकै ठाँउमा राखेको कारण करेन्ट लिग भएको नारायण नगर ४ का वडा सद्स्य चक्र बहादुर कथायतले बताए ।विद्दुतका पोल जथाभावी राखेर करेन्टले बच्चाको ज्यान गएपछि लापरवाही गर्ने कर्मचारीलाई कार्वाही गरी पिडित परिवारलाई क्षतिपुर्ती दिनु पर्ने स्थानीयको भनाइ रहेको छ।