सपथ ग्रहण कार्यक्रम सकिएपछि ओलीले दिए मोदीलाई बधाई

प्रकाशित मिति:

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालका समकक्षी केपी शर्मा ओलीले बधाई तथा शुभकामना दिएका छन् ।बिहीबार अबेर दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित सपथग्रहण समारोह सकिएपछि ओलीले मोदीलाई बधाई दिएका हुन् ।

उनले मोदीसँग हात मिलाउँदै बधाई तथा कार्यसफलताको शुभकामना दिएका थिए ।ओली मोदीको सपथग्रहणमा सहभागी हुन दिल्ली प्रस्थान गरेका थिए । दिल्लीमा रहँदा ओलीले मोदीसँग विशेष भेटवार्ता गर्ने कार्यक्रमम रहेको छ । भेटवार्ता सकेर ओली आज (शुक्रबार) स्वदेश फर्किने कार्यक्रम रहेको छ ।