काठमाडौँ -चीनले ग्रटवाल घुम्ने पर्यटकको संख्या क्षमताभन्दा बढी हुन थालेपछि संख्या सीमा तोकेको छ। जुन १ देखि बेइजिङको पातालिङ क्षेत्रबाट ग्रेटवाल घुम्न आउने पर्यटकको संख्या तोकिएको हो ।
अबदेखि दैनिक ६५ हजार भन्दा बढीले त्यहाँ भ्रमण गर्न नपाउने नियम बनाइएको छ । पर्यटकको पिक सिजन चल्दै गर्दा चिनियाँ अधिकारीले यस्तो निर्णय गरेका हुन् ।बेइजिङमा पातालिङका साथै मुत्यान र च्वियोङक्वान नाका ग्रेटवाला चढ्नका लागि सबैभन्दा लोकप्रिय क्षेत्र हो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।












