रसुवा – राष्ट्रिय परिचयपत्र वितरणका लागि रसुवामा प्रक्रिया शुरु गरिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जिल्ला प्रशासन कार्यालयमा शुक्रबार आयोजित एक अन्तक्र्रियामा सो कुराको जानकारी दिइएको हो ।
विभागका निर्देशक चोमेन्द्र न्यौपानेले सो परिचयपत्रको विवरण अद्यावधिकका लागि जिल्लाको १० स्थानमा केन्द्र राखिने जानकारी दिए ।एकीकृत राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीको विकास गर्न नागरिकका वैयक्तिक विवरण सङ्कलन र भण्डारण र गरी नम्बरसहितको बहुपयोगी बायोमेट्रिक स्मार्टकार्ड प्रदान गरिने सो अवसरमा बताइएको थियो । जिल्लाको भौगोलिक विकटता र बस्ती छरिएका कारण विवरण सङ्कलन केन्द्र थप गर्नुपर्ने सहभागीले माग गरेका थिए । – रासस












