प्रधानमन्त्री ओली पोखरामा

प्रकाशित मिति:

पोखरा -प्रधानमन्त्री केपी शर्मा ओली शनिबार विभिन्न कार्यक्रममा सहभागी हुन पोखरा आइपुगेका छन्। प्रधानमन्त्री ओलीले नेपाल स्काउटको आयोजनामा पोखरामा शनिबारबाट शुरु हुने प्रथम राष्ट्रिय मुट ९युवा सम्मेलन०को उद्घाटन गर्ने कार्यक्रम रहेको छ। पोखराको कोमामागेन पार्कमा सञ्चालन हुने सो कार्यक्रममा १४ देशका पाँच हजार युवाको सहभागिता रहने आयोजकले जनाएको छ।

त्यस्तै, प्रधानमन्त्री ओलीले पोखराको सभागृहमा आयोजित कार्यक्रममा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको घोषणा समेत गर्नेछन्। कास्की क्षेत्र नं–२ का सङ्घीय सांसद् रहेका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीको गत फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो। प्रधानमन्त्री ओली दुई वटै कार्यक्रममा सहभागी भएर आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको बताइएको छ। – रासस