मनोज भए तेस्रो लुम्बिनी डान्स स्टार

प्रकाशित मिति:

बुटवल -बुटवल लेकाली खेलकुद तथा साङ्गितिक मन्च रुपन्देही द्वारा आयोजित लुम्बिनी डान्स स्टार २०७६ का बिजेता मनोज काम्मु मगर भएका छ्न।उनले नगद ७०,७७० सहित गिफ्ट र प्रमाण पत्र प्राप्त गरेका छ्न आज बुटवलमा भएको फाइनल प्रतियोगिता मा फाइनल प्रतियोगी ६ जना लाई पछाडि पार्दै उपाधी हासिल गरेका हुन।

दोस्रो हुने साधना बिक ले नगद ३५,५३५ र तेसो हुने सबिना मिजारले नगद २५,५२५ प्राप्त गरेकी छिन ।लेकाली खेलकुद तथा साङ्गितिक मन्च का अध्यक्ष तिलक नेपाली को अध्यक्षतामा भएको फाइनल प्रतियोगितामा बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका प्रबक्ता सुरेन्द्र श्री ले अन्तर्निहित प्रतिभा लाई प्रस्फुटन गर्न एब कला साहित्य का क्षेत्रबाट पनि पहिचान बनाउन यस किसिमका कार्यक्रम ले महत्वपूर्ण भुमिका खेल्ने हुँदा यस्ता कार्यक्रम हुनुपर्ने भनाइ राख्नु भएको थियो ।

कार्यक्रम मा लोक गायक, प्रर्दशनी आइडल ,तिलोत्तमा आइडल का बिजेता हरुले आफ्नो प्रस्तुति दिएका थिए। निर्णायकहरुमा लाल प्रकाश थापा अनि आकाश थापा रहनुभएको थियो।क्षेत्री समाज नेपाल केन्द्रिय कमिटी का सल्लाहकार एब लेकाली खेलकुद तथा साङ्गितिक मन्च का संरक्षक दल बहादुर जिसि को स्वागत अनिल पहाडी को कार्यक्रम संचालन मा फाइनल प्रतियोगिता सम्पन्न भएको थियो।