चट्याङ लागेर एक महिलाको मृत्यु,

प्रकाशित मिति:

मकवानपुर-हावाहुरीसँगै परेको चट्याङ लागेर मकवानपुरमा एक महिलाको मृत्यु भएको छ भने अर्की एक महिला घाइते भएकी छन् । मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका बुङदल देउरालीकी २६ वर्षीया विमला घलान रहेको प्रहरीले जनाएको छ । कान्छीमाया स्याङतान घाइते भएको र उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै चट्याङ लागेर सन्तलाल दोङको घरमा आगो लागेको स्थानीयवासीले जानकारी दिएका छन् । २० दिनअघि पनि सोही स्थानमा चट्याङ लागेर स्थानीय फूलमाया पाख्रिनको मृत्यु भएको थियो ।