भैरहवा-३ महिना अघि देखि ब्लड क्यान्सरबाट पीडित दिपा थापा अहिले चितवनको बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालको बेडमा मृत्युसँग लडिरहेकी छिन् । अस्पतालले उपचारको लागि १७ लाख रकम जम्मा गर्न भने पछि आर्थिक अवस्था कमजोर हुँदा सहयोग जुटाउन विभिन्न सामाजिक संघ संस्थाहरुसँग अपिल गरेको दिपाकी आमा सीता थापाले बताइन्

घरको आर्थिक अवस्था कमजोर भएका कारण उपचारका लागि सहयोगको अपिल गरेकी छिन् । बुबा दुई वर्ष देखि सम्पर्क बिहिन रहेको पारिवारिक स्रोतले बताएको छ । आर्थिक सहयोगका लागि सीता थापा एनआइसी एसीया बैंक शाखा इमिलिया कपिलवस्तु, खाता नम्बर F957033284552401र सम्पर्क नम्बर ९८६७५२८२१३ रहेको छ ।
ब्लड क्यान्सर पिडित दिपालाई काइन्ड हर्ट फाउण्डेसन ५१ हजार सहयोग गर्यो
ब्लड क्यान्सरबाट पिडीत कपिलबस्तुको बुद्धभूमिनगरपालिका ९ इमिलियाकी १७ वार्षिय दीपा थापा बचाउनका लागि काइन्ड हर्ट फाउण्डेसनले दिपा थापा बचाऊ अभियान सञ्चालन गरि हिजो शनिबार (जेठ १८ गते) पिडितलाई भेटी ५१ हजार १ सय ५ रुपैँया हस्तान्तरण गरेको छ । फाउण्डेसनले भरतपुरको क्यान्सर अस्पतालमा पुगी सो रकम दिपाको दिदि मौसम थापालाई प्रदान गरेको अध्यक्ष अजय भूसालले जानकारी दिए । आगामि दिनमा फाउन्डेसनले सामाजिक उत्तरदायित्व बहन गर्दै गरिब दुःखी र असायहरुकालागि फाउन्डेसन मार्फत सहयोग गर्ने अध्यक्ष भूसालले बताए । यो फाउन्डेसनले विभिन्न जिल्लाहरुमा कलाकारिता देखाएर रकम संकलन गर्दै आएको छ । यस अभियानमा सहयोग गरिदिनुहुन अभियानकी सदस्य इन्दिरा गैरेले अपिल गरेकी छिन् ।












