करेन्ट लागेर एकजनाको को मृत्यु

प्रकाशित मिति:

झपा-झपाको मेचिनगर नगरपालिका–९ का ४५ वर्षीय कृष्ण चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । सोमबार मणिकुमार लिम्बुको घरमा रहेको कुखुरा फारममा बिजुलीको तार जोड्ने क्रममा उनलाई करेन्ट लागेको हो ।

करेन्ट लागेर घाइते भएका उनलाई उपचारको अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ ।