भीरबाट लडेर एक महिलाको मृत्यु

प्रकाशित मिति:

जाजरकोट -जाजरकाटको बारेकोट गाउँपालिका ८ मा एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ ।सोमबार दिउँसो घाँसकाटेर फर्कने क्रममा ३५ वर्षीय गिताकुमारी खत्रीको भीरबाट लडेर मृत्यु भएको हो । लडेर गम्भीर घाइते भएकी खत्रीलाई उपचारका लागि जिल्ला सदरमुकाम खलंगा लैजादै गर्दा मृत्यु भएको स्थानीय लोकेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

समयमै उपचारका लागि स्वास्थ्य केन्द्र पुर्याउन नसक्दा मृत्यु भएको स्थानीयले बताएका छन् । घटनास्थलबाट जिल्ला अस्पताल पु¥याउन कम्तीमा ८ घण्टा लाग्छ ।