युएस नेपाल पोलीसि रिसर्च सेन्टर को नयाँ नेतृत्व

प्रकाशित मिति:

अमेरीका। युएस नेपाल पोलिसी रिसर्च सेन्टरको नयाँ नेतृत्व चयन भएको छ । सेन्टरको चौथो वार्षिक सम्मेलन गत साता युनिभर्सिटी अफ क्यालीफोर्निया बर्क्ले मा सम्पन्न भएको थियो । आगामी ३ वर्ष को लागि सर्वसम्मतीबाट डा। राजन पन्त अध्यक्षमा र डा। सुमन पराजुली कार्यकारी सचिवमा चयन हुनु भएको हो । यसै गरी कार्यसमितीमा तरुण पौडेल, डा। देशराज संयोक्,डा ।दीनबन्धु भट्ट,डा इश्वर श्रेष्ठ, जगदंबा अधिकारी, शृष्टी भट्टराइ,र डा। लेखनाथ अधिकारी चयन हुनु भएको छ ।

अमेरिकामा रहेका नेपाली बैज्ञानिक्, बिज्ञ,र ब्यवसायिक ब्यक्तीहरु संलग्न संस्था युएस नेपाल पोलिसी रिसर्च सेन्टर ले अमेरिकामा रहेका नेपाली र नेपालका सन्दर्भमा नितिगत र प्राज्ञिक विषयहरुमा नेपाल र अमेरिकामा काम गर्ने गर्दछ । २०१५ मा स्थापित युएस नेपाल पोलिसी सेन्टरले सिकागो,भर्जिनिया,बोस्टन र सान फ्रान्सिस्को शहर मा बिगतमा वार्शिक सम्मेलन गरेको थियो ।