गुल्मी – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले सुनौलो मौका पाउँदा पनि बरालिएको बताएका छन् । प्रेस युनियन गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले यस्तो बताएका हुन् । उनले सरकार दुईतिहाइको भएर पनि जनताले दिएको मतको सहि सदुपयोग र कदर गर्न नसकेको भन्दै सुनौलो मौका गुमाउन लागेको बताए । उनले भने “सुनौलो मौका पाउँदा पनि सरकार बरालियो । ”
दुइतिहाइको सरकार हुदाँ पनि भ्रष्टाचार,अनियमितता,बलात्कार तथा अपराधीक गतिविधि बढ्नु दुखको कुरा रहेको बताए । प्रवक्ता शर्माले भरखरै सरकारले सार्वजनिक गरेको बजेट वितरणमुखि रहेको प्रतिक्रिया दिए । बजेट गतिशील तथा बास्तबिकता नभएको पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । प्रेस काउन्सिल विधेयकको बारेमा बोल्दै पत्रकारमाथि सरकारले तरवार उठाएको बता । उनले पत्रकारको कलम बन्द गरेर आफुहरु मस्ती गर्न समेत लागेको आरोप समेत लगाएका छन् । प्रवक्ता शर्माले पत्रकारको पनि सरकार होस् वा बाहिरि विकासमा होस्,जुनसुकै पक्षमा पनि निकै महत्त्वपूर्ण भुमिका रहेको जानकारी गराएका थिए ।
पत्रकार भेटघाट कार्यक्रममा कांग्रेस गुल्मीका कांग्रेस पार्टी सभापति लगायतका पदाधिकारी तथा जिल्ला भित्रका पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रम मङ्गलबार विपि स्मृति भवन तम्घासमम भएको हो । कार्यक्रम प्रेस युनियन गुल्मीको सभापति रेसम कुवँरको अध्यक्षता र प्रेस युनियन गुल्मीका सचिव रमेश विश्वकर्माले गरेका थिए ।












