भोलि बुधबार सार्वजनिक विदा

प्रकाशित मिति:

काठमाडौं– सरकारले भोलि बुधबार सर्वाजनिक विदा दिने भएको छ । गृह मन्त्रालयले सूचना जारी गर्दै बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।मुस्लिम धर्मावलम्बीहरूको पर्व इद उल फित्रको अवसरमा मन्त्रिपरिषद् बैठकको जेठ १० गतेको निर्णय अनुसार बुधबार सार्वजनिक विदा दिइएको सूचनामा उल्लेख छ ।

यसैगरी प्रदेश २ सरकारले पनि मुस्लिम धर्मावलम्बीहरूको पर्व इद उल फित्रको अवसरमा बुधबार सार्वजनिक विदा दिने घोषणा गरेको छ ।मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका शाखाअधिकृत हेम बहादुर कार्कीले एक विज्ञप्ति जारी गर्दै बुधबार प्रदेश २ मा सार्वजनिक विदा दिइएको जानकारी गराइएका हुन्।