बिष्णु माझीको श्वरमा ‘सुतली’ सार्वजनिक, सगुनको दमदार अभिनय (भिडियो सहित)

प्रकाशित मिति:

अस्टिन (टेक्सास) – युवा सर्जक बिजय चन्द ‘दर्पन’ को मार्मिक लोक दोहोरी गीत सुतली सार्वजनिक भएको छ ! अमेरिका टेक्सासको अस्टिनमा बस्दै आएका चन्दको मर्मस्पर्सी शब्दमा चर्चित गायिका बिष्णु माझि र राजेश खड्का ‘सानु’ ले श्वर दिएका छन ! गायक खड्काकै लयमा बनेको गीतको भिडियो निर्देशन कपिल लामाले गरेका हुन ! चर्चित मोडल सगुन शाही र बाबु कृष्ण परियारले अभिनय गरेको गीतको छायांकन सुरेश श्रेष्ठ र महेश महराले गरेका हुन ! अहिलेका लोकप्रिय सर्जक तथा गायक बशन्त थापाको युटुब च्यानल बाट शुक्रबार सार्वजनिक गरिएको गीतलाई अत्यधिक रुचाइएको छ ! परदेशीको पिडा समेटिएको गीत सार्वजनिक गरिएको केही घण्टामै लाख बढी पटक हेरिएको छ् ! दिन प्रतिदिन गीत चर्चित बन्दै गएपछी हौसला र जिम्मेवारी थपिदै गएको महसुस भएको गीतकार बिजय चन्द दर्पनले बताउनुभयो ! भिडियो :