खुशीको खबर :पेट्रोलको मूल्य घट्यो

प्रकाशित मिति:

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। निगमले बुधवार राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ समायोजन गरेको उपनिर्देशक विनितमणी उपाध्यायले जानकारी दिए।नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर ११० रुपैयाँ कायम भएको छ।

यसअघि निगमले सरकारले बजेटमा सडक मर्मतका लागि पेट्रोलियम पदार्थमा प्रतिलिटिर थप १ रुपैयाँ लिने घोषणा गरेपछि निगमले रातारात मूल्य वृद्धि गरेको थियो।निगमले डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य भने यथावत राखेका छ।