दुखद खबर,ट्रकको ठक्करबाट ६७ वर्षीय बृद्दको मृत्यु

प्रकाशित मिति:

कन्चनपुर् –पुनर्वास नगरपालिका–११ डोकेबजारमा ६७ वर्षीय कान्छा सुनारको ट्रकको ठक्करबाट आज मृत्यु भएको छ । पैदल हिँड्दै गरेका सुनारलाई ना३ख ६६५ नं को ट्रकले ठक्कर दिएको हो ।

उनको उपचारका क्रममा सेती अञ्चल अस्पताल धनगढीमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।