फिल्म ‘झट्का’ को ट्रेलर यस्तो बन्यो

प्रकाशित मिति:

काठमाडौँ -फिल्म ‘झट्का’को ट्रेलर सार्वजनिक गरेको छ । यो फिल्ममा सुरवीर पण्डित उर्फ दाह्री बा फरक भूमिकामा देखाइएको छ ।फिल्मलाई रमेश बिसुङ्खेले निर्देशन गरेका हुन् । भने फिल्मको कथा, पटकथा तथा संवाद निर्देशको नै रहेको छ। जीवन पराजुलीले छायाँकन गरेको फिल्मलाई तुलसीलाल नेवाले निर्माण गरेका छन्। रात्री जीवनको कथा बोकेको फिल्म ‘झट्का’ मा पण्डितको उपस्थितिले दर्शकमा कौतुहलता सिर्जना गरेको छ।

सुरविर पण्डित, श्याम लाल श्रेष्ठसंगै मनिता श्रेष्ठका अलवा रक्षा गुरागाइँ, ईश्वर गुरुङ, उमेश बिसुङ्खे, लगायतका कलाकाररु रहेको ‘झट्का’ जेष्ठ ३१ गतेबाट प्रदर्शनमा आउँदैछ ।