किस गर्न नमानेपछि समलिंगी जोडीमाथि कुटपिट

प्रकाशित मिति:

लण्डन – वेलायतको लन्डनमा १५ देखि १८ वर्ष उमेर समूहका किशोरहरुले समलिंगी जोडीमाथि कुटपिट गरेका छन्। कुटपिटबाट उनीहरु घाइते भएका छन्। रात्रिबसमा सँगै बसेका समलिंगी महिलालाई ४ किशोरले एकअर्कालाई चुम्बन गर्न लगाएका थिए। किशोरहरुले मनोरन्जनका लागि चुम्बन गर्न भनेका थिए।

तर उनीहरुले नमानेपछि ४ जनाले मिलेर दुईजना महिलामाथि मुक्का प्रहार गर्दै कुटपिट गरे।  गत मे ३० तारिखमा २८ वर्षीया मेलानिया गेमोनाट र उनीकी श्रीमती क्रिसमाथि रात्रिबसमा कुटपिट भएको हो। गेमोनाटले भनिन्,‘उनीहरुले हामीलाई घेरे र एक अर्कालाई चुम्बन गर्न भने। यसले उनीहरुलाई मनोरन्जन दिने उनीहरु बताउँदै थिए। जब हामी भाग्न खोज्यौं उनीहरुले हामीलाई पक्रिएर मुक्का हान्न सुरु गरे।’

अनुहारमा दुवैको चोट लागेको थियो। यस विषय उनीहरुले सामाजिक सन्जालमा खुलाए। वेलायती प्रधानमन्त्री टेरिजा मेले समेत यस घटनाको निन्दा गरिन्। अन्ततः सीसीटिभी फुटेजको आधारमा सबै आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ। एजेन्सी