ईपीएस परीक्षाका ४५ नक्कली परिक्षार्थी पक्राउ

प्रकाशित मिति:

काठमाडौं – कोरियन भाषा ईपीएस परीक्षा हलबाट प्रहरीले ४५ जना नक्कली परिक्षार्थी पक्राउ गरेको छ। शनिबारबाट सुरु भएको परिक्षामा राजधानीमा २१ स्थानमा परिक्षा केन्द्र सञ्चालनमा ल्याईएको थियो।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार अरुकै नामबाट परिक्षा दिएका ४५ जना नक्कली परिक्षार्थीलाई पक्राउ गरिएको हो। उनले भने,‘ प्रवेश पत्रमा नाम एउटाको तर फोटो अरुको टाँसेर परिक्षा दिईएको पाईयो, पक्राउ परेकामाथि थप अनुसन्धान भईरहेको छ।’

थप समाचार