स्याङजा-नेपाली कांग्रेस कालिगण्डकी गाउँपालिका वडा नं. २ स्याङ्गजाले वाढि पहिरो प्रभावितलाई १ लाख २ हजार रकम आर्थिक सहयोग प्रदान गरेको छ । जेठ १५ गते दिउँसो तिन बजे हावहुरी सहित आएको पानीले कालिगण्डकी गाउँपालिकाको वडा नं. २ लर्सघाबेशीमा बाढि पस्दा १९ घरमा क्षती पुराएको थियो । पिडितलाई केही भएपनि आर्थिक राहात मिलोस भन्दै सुबेच्छुकबाट रकम उठाएर पिडितलाई रकम हस्तान्तरण गरिएको नेपाली कांग्रेस वडा नं. २ का संयोजक यानविर रानाले जानकारी दिए ।
नेपाली कांग्रेस सधैं जनताको माझमा रहेको उनले बताउँदै दुःखको समयमा कांग्रेसले पिडितको घाउमा मलम लगाएको बताए । रिडि ओईघा सडक खण्डमा सडक खन्दा थुप्रीएको माटो बगेर गाउँमा पस्दा क्षती पुराएको स्थानीय शिक्षक लेखराज पाण्डेय (प्रदिप) ले जानकारी दिएका छन । गाउँमा एक्कासी वाढि पस्दा घरमा क्षती पुराएको र खेतीयोग्य जमिन बगरमा परिणत हुँदा किसान मर्कामा परेको पनि पाण्डेयले बताए । वाढिले स्थानीय हरिकला थापाको घरको पूर्ण रुपमा क्षती भएको कालिगण्डकी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष नर बहादुर रानाले बताएका छन ।
थापाको २ घर ,गोठ, पुर्ण रुपमा क्षती हुँदा करिब १४ लाखको क्षती भएको अनुमान गरिएको वडा अध्यक्ष रानाले बताएका छन । १८ घर पनि आशिंक रुपमा क्षती भएको बताउदै अध्यक्ष ।रानाले गाउँपालिकाबाट ९७ हजार रकम पिडितलाई राहातको लागि वितरण गरेको जानकारी दिएका छन । घर क्षतीग्रस्त भएका परिवार अहिले छिमेकीकोमा बस्दै आएको स्थानिय शिक्षक लेखराज पाण्डेय बताएका छन । वर्षायाम सुरु भए पछि पहाडी क्षेत्रमा विकास निर्माणको नाममा डोजर चल्दा वाढि आएको स्थानीले बताएका छन । भौंगोलिक अवस्थाको ख्याल गरेर विकास निर्माण काम नगर्दा गाउँमा अझ क्षती पुग्ने स्थानीयले बताएका छन ।












