गुल्मीको छत्रकोट गाउँपालिकामा दलित लक्षित तालिम तथा भिडियो सो कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

मनोज कार्की ,गुल्मी गुल्मीको छत्रकोट गाउँपालिकामा दलित लक्षित २ दिने तालिम तथा भिडियो सो कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा तालिम मात्र नभइ त्यहाका दलित बस्तिहरुमा पुगि दलित कथामा आधारित भिडियो शो कार्यक्रम गरिएको छ ।

समाजमा अझै दलितहरुलाइ हेप्ने छुवाछुत गर्ने प्रथा समाजमा अझै भएकाले दलित बस्ती देखि समाजलाइ परिबर्तन गर्नको लागि तालिम दिन लागेको छत्रकोट गाउपालिका वडा ४ का वडा अध्यक्ष डिलाराम न्यौपाने बताए ।जेठ २५ र २६ गते तालिम तथा भिडियो सो कार्यक्रमको सहजीकरण रुरु एफ एमका स्टेसन म्यानेजर युवराज वस्याल ,पत्रकार मनोज कार्की र कलाकार अनिल केसीले गरेका थिए ।

कार्यक्रममा दलितका समस्याहरुको पहिचान गर्दे समाधानका उपायहरु खोज्दै कार्यक्रम संचालन गरिएको प्रशिक्षहरुले बताएका छन् । यो कार्यक्रम दलित समुदायमा मात्रै नभइ वडा भरी यस्तो समाज परिबर्तनशिल कार्यक्रमको आवश्यक रहेको यो बर्ष निकै प्रभाबकारी भएको अर्को बर्ष नि राख्ने वडा सदस्य यम नेपालीले जानाकारी दिए ।पहिलो दिन कालिकानगरमा गरिएको कार्यक्रममा १ सय २५ जनाको सहभागिता रहेको थियो भने दोस्रो दिन मौलिपुरमा सन्चालन गरिएको कार्यक्रममा १सय १५ जनाको उपस्थिति रहेको वडा कार्यलयले जनाएको छ ।भोली पनि संचालन हुने छ । कार्यक्रममा उपस्थितिले दलित हुदाको पीडा समाजले गर्दै आएको छुवाछूत तथा आफ्ना समस्या जनप्रतिनिधि समक्ष राखेका थिए