एजेन्सी जारी विश्वकपको चौधौँ खेलमा आज उपाधिको दाबेदार मानिएको भारत र अष्ट्रेलियाबीच प्रतिष्पर्धा भएको छ । भारतले टस जितेर पहिले व्याटिङ गर्दै ३ सय ५३ रन लक्ष्य दिएको छ । भारतका ओपनर शिखर धवनको शतकीय पारीका साथ भारतले ४ विकेटको क्षतिमा ३ सय ५२ रन बनाएको हो ।
भारतको लागि धवनले सवार्धिक ११७ रन बनाए । उनले १०९ बल खेल्दै १६ चौका लगाए । उनीे मिचेल स्टार्कको बलमा नाथन लियोनको हातमा क्याच भए । रोहित शर्मा पनि अर्धशतक बनाउँदै ५७ रनमा नाथन काउल्टर नाईलको बलमा विकेटको पछि क्याच भए । हार्दिक पाण्डेयाले आक्रामक पारी खेल्दै २७ बलमा ३ छक्का र ४ चौकाको मद्दतले ४८ रन बानाए । उनी पट कुम्मिन्सको बलमा आउट भए । भारतीय कप्तान विराट कोहली पनि ७७ बलमा ८२ रन बनाउँदै मिचेल स्टार्कको शिकार भए । भारतीय विकेटकिपर व्याट्सम्यान महेन्द्र सिंह धोनीले १४ बलमा २७ रनमा मिचेल स्टार्ककै बलमा आउट भए । केएल राउहले ११ रन नट आउट बनाए ।
भारतले दिएको ३५३ रनको लक्ष्यको पिछा गर्न अष्ट्रेलियाकाको व्याटीङ लाईन निकैनै राम्रो छ । ओपन कप्तान आरोन फिन्च, ओपनर डभिड वार्नर र उस्मान खावजा, जस्ता राम्रा व्याट्सम्यानहरु छन् । तर भारतीय स्पीनरहरु कुलदीप यादव र युज्बेन्द्र चाहालले खेल पल्टाउन सक्छन् । भूवनेश्वर कुमार र जस्प्रित वुमराहा पनि निकै राम्रो लयमा रहेका छन् । पाँच पटक उपाधि उचालेको अष्ट्रेलिया र २ पटक उपाधि चुमेको भारतबीचको खेल निकैनै रोमाञ्चक हुने अनुमान लगाउन सकिन्छ । उपाधि दाबेदार टिमको रुपमा रहेको भारत सन्तुलित टिम हो ।क्रिकेट विश्लेषकका अनुसार भारत अहिलेसम्मकै बलियो टिम भएको दाबी गर्दै आएका छन् । यता अष्ट्रेलिया पनि एक अनुभवी टीमकोरुपमा लिइन्छ । अष्ट्रेलियाले विश्वकपमा २ खेल खेली सकेको छ र दुवैमा जीत हात परेको छ । अष्ट्रेलिया यस अघिको खेलमा विश्वकपमा कमजोर मानिएको टीम अफगानिस्तानलाई हराएको थियो भने पहिलो खेलमा वेष्ट इन्डिजलाई हराएको थियो ।












