बेलायतमा प्रधानमन्त्रीले को उच्चस्तरीय भेटवार्ता
युरोप भ्रमणका क्रममा बेलायतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन्
काठमाडौं– युरोप भ्रमणका क्रममा बेलायतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन् ।उनले बेलायती समकक्षी टेरिजा मे, लेबर पार्टीका नेता एवं विपक्षी नेता जेरेमी कोर्बेन, नेपाल हेर्ने संसदीय समितिका पदाधिकारीहरुसँग भेटवार्ता गरेका छन् ।
त्यस्तै, उनले बेलायती ड्युक अफ ससेक्स राजकुमार ह्यारीसँग समेत भेटवार्ता गरेका छन् । उनले बेलायतमा नेपाली दूतावासमा गैरआवासीय नेपाली सङ्गठन बेलायतका पदाधिकारी, पूर्वगोर्खा सैनिक सङ्गठनका प्रतिनिधि र प्रवासी नेपाली मञ्चका पदाधिकारीसँग भेटवार्ता गरी उनीहरुका विषमा चासो लिए ।
युरोप भ्रमणमा रहेका प्रधानमन्त्री ओली सोमबार राति बेलायत पुगसँगै उनको व्यस्त बढेको हो । बेलायत पुगेसँगै प्रधानमन्त्री ओलीले अक्सफोर्ड विश्वविद्यालयको युनियनको बहसमा समेत सम्बोधन गरेका थिए भने मंगलबार महत्वपूर्ण भेटवार्ता गरे












