काठमाडौ । नेपाल र अफ्रिकी मुलुक मरिससबीच मङ्गलवार श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ। जिनिभामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मरिससका श्रम, औद्योगिक सम्बन्ध, रोजगार तथा तालिममन्त्री सुदेश एस क्यालिचर्नले समझदारीपत्रमा हस्ताक्षर गरेको श्रम मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले बताए।
वैदेशिक रोजगारीका गन्तव्य स्थलको विविधीकरण गर्ने नेपाल सरकारको नीति अनुरूप मरिसससँग श्रम समझदारी गरिएको अधिकारीहरूले बताएका छन्। होटल, अतिथि सत्कार र उत्पादन क्षेत्रमा ठूलो सङ्ख्यामा नेपाली कामदारलाई मरिसस पठाउन सकिने सम्भावना रहेको अधिकारीहरूको भनाइ छ।









