एजेन्सी । उत्तर कोरियाली शासक किम जोंग उनले एक सेनापतीलाई निकै हृदयविदारक तरिकाले मृत्युदण्डको सजाय दिएका छन् । उनले सेनापतिलाई पिरान्हा माछाले भरिएको ट्याङ्कीमा फ्याँकेर मृत्युदण्डको सजाय दिएका हुन् । पिरान्हा माछाले मानिसलाई समेत खाने भएकाले उनलाई किमले त्यस्तो सजाय दिएका
हुन् ।
डेली स्टारको खबर अनुसार सेनापतीलाई किमको आवासभित्रै बनेको पिरान्हाले भरिएको माछाको ट्याङ्कीमा फ्याँकिएको हो । किमको सत्ता ढाल्ने कोसिस गरेको आरोप लगाउँदै उनलाई त्यस्तो सजाय दिइएको हो । ती सेनापतीमाथि सत्ता पलटको कोसिसको आरोप लगाएर मृत्युदण्ड दिइएको समाचार एजेन्सीहरुले जनाएका छन् । सजायको यो तरिका सन् १९७७ मा रिलिज भएको जेम्स बन्डको फिल्म ‘द स्पाइ हु लभ्ड मी’ बाट प्रेरित भएको बताइन्छ ।
उक्त ट्याङ्कीमा ब्राजिलबाट ल्याइएका सयौं पिरान्हा रहेको बताइन्छ । सेनापतीलाई ट्याङ्कीमा फ्याँक्नु अघि उनको दुईटै हात काटिएको पनि डेली स्टारले बताएको छ । सेनापतीलाई माछाले मार्यो वा उनको मृत्यु घाउका कारण वा डुबेर भएको भन्ने कुनै स्पष्ट जानकारी भने छैन ।












