एप्पललाई पछि पार्दै अमेजन बन्यो विश्वको सबैभन्दा मूल्यवान ब्रान्ड, तेस्रो स्थानमा गुगल
गुगल र एप्पललाई पछि पार्दै अमेजन विश्वको सबैभन्दा मूल्यवान ब्रान्ड बनेको छ । अमेजनको ब्रान्ड मूल्य ३ खर्ब १५ अर्ब डलर पुगेको छ । सन् २०१८ मा अमेजनको समग्र मूल्यमा ५२ प्रतिशतले बढोत्तरी देखिएको छ । सन् २०१९ मा अमेजन पहिलो स्थानमा पुगेसँगै मूल्यवान ब्रान्डको सूचीमा एप्पल दोस्रो स्थानमा पुगेको छ ।
एप्पलको ब्रान्ड मूल्य ३ खर्ब ९ अर्ब ५० करोड डलर पुगेको छ । त्यसैगरी गुगल ३ खर्ब ९ अर्ब डलर ब्रान्ड मूल्यका साथ तेस्रो स्थानमा रहेको छ । विगत १२ बर्षदेखि उक्त सूचीमा गूगल र एप्पलले रहदैँ आएका थिए । सन् २०१८ मा गुगलले शीर्ष स्थान पाएको थियो ।
ग्लोबल ब्रान्डको उक्त सूची सन् २००६ देखि जारी गरिदै आएको छ । उक्त समयमा माइक्रोसफ्ट पहिलो स्थानमा रहेको थियो । सन् २०१९ मा विश्वका मूल्यवान ब्रान्डको सूचीमा चौथो स्थानमा माइक्रोसफ्ट रहेको छ । माइक्रोसफ्टको ब्रान्ड मूल्य २ खर्ब ५१ अर्ब २० करोड डलर छ । चिनियाँ कम्पनी अलिबाबा उक्त सूचीको सातौं स्थानमा छ । अलिबाबाको ब्रान्ड मूल्य १ खर्ब ३१ अर्ब २० करोड डलर छ ।












