ट्याङ्करमा इरानले नै आक्रमण गरेको ट्रम्पको आरोप

प्रकाशित मिति:

एजेन्सी /अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ओमान खाडीमा दुई पेट्रोलियम पदार्थ बोक्ने पानीजहाजमाथि गरिएको आक्रमण इरानले गरेको बताएका छन् ।इरानले आरोप अस्वीकार गर्दै आएको छ । यसैबीच अमेरिकी सेनाले आक्रमण गरेको भन्ने इरानबाट आक्रमण भएको प्रमाण भएको भन्दै भिडियो सार्वजनिक गरेको छ । जसमा एउटा तेल बोक्ने ट्याङ्करबाट इरानी स्पेशल फोर्सले विष्फोटक पदार्थ हटाउँदै गरेको देखिएको बताएको छ ।

अमेरिकासँग आणविक सम्झौताको विषय चर्किदै गर्दा ओमान खाडी क्षेत्रमा तेल बोक्ने पानीजहाजमाथि आक्रमण भएको थियो ।एक महिनाअघि पनि यस्तै गरि चार ट्याङ्करमाथि संयुक्त अरव इमिरेट्स समुद्रमा आक्रमण भएको थियो । त्यस समयमा पनि अमेरिकाले इरानले आक्रमण गरेको आरोप लगाएको थियो ।