जिल्ला खो खो संघले गर्यो खेलाडी सम्मान,कञ्चनलाई खेलग्रामको रुपमा बिकास गरिने

प्रकाशित मिति:

जगिलाल थापा/जिल्ला खो खो संघ,रुपन्देहीले प्रदेश र राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीहरुलाई सम्मान गरेकोछ।आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्रदेश स्तरिय छनौट खेल र राष्ट्रिय खेलकुदमा सहभागी भएका खेलडीहरुलाईकञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले एक कार्यक्रमको आयोजना गरि सम्मान गर्नु भएको हो।

 

प्रदेश नं।५ का विभिन्न जिल्लाहरुमा गत बैशाखमा संचालन भएको प्रतियोगिता अन्तर्गत महिला पुरुष खो खो खेल बर्दियाको भुरी गाउमा भएको प्रतियोगितामा प्रदेश नं।५ दोश्रो स्थान हासिल गरेको थियो भने नेपाल सेना प्रथम भएको थियो।प्रदेश नं। ५ बाट रुपन्देही,नवलपरासी,दांग र बर्दियाका खेलाडीहरु छनौट भै राष्ट्रिय खेलकुदमा सहभागी जनाएका थिए भने रुपन्देहीबाट पुरुष तर्फ भरत सारु मगर र सुर्य क्षेत्री छनौट भएका थिए भने महिला तर्फ अञ्जली थापा र दीपा सलामी छनौट भएका थिए।

सो प्रतियोगितामा महिला र पुरुष दुबै दोश्रो भएका थिए।प्रदेश र राष्ट्रिय खेलकुदमा सहभागी खो खो खेलाडीहरुलाई जिल्ला खो खो संघले सम्मान गरेको हो।सम्मान कार्यक्रममा गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले कञ्चनमा खेलकुद र खेल संग सम्बन्धित खेलाडी र प्रशिक्षकहरुको खेलकुद बिकासको लागि खेलग्रामको रुपमा बिकास गरि खेलक्षेत्रको बिकास गरिने बताउनु भएकोछ।बिगतको सिकाइले कञ्चनले राष्ट्रिय प्रतियोगिता संचालन गर्न सकिने र त्यसको पुर्बाधारका लागि खेलकुद क्षेत्रमा चालु आ।ब।मा विशेष बजेट ब्यबस्था गर्ने समेत जनाउनु भएकोछ।यसैगरी जिल्ला खेलकुद बिकास समितिका कार्यलय प्रमुख संगम सिंह थापाले खेल हरेक रोगहरुको प्रतिरोधक हो त्यसैले खेल सबैका लागि अचुक औषधी भएकोले खेलकुदको क्षेत्रमा स्थानिय सरकारले विशेष ध्यान दिन समेत आग्रह गर्नु भएकोछ।कञ्चन गाउपालिका वार्ड नं।३का अध्यक्ष नगेन्द्र बहादुर लामिछानेले कञ्चनको गुरास खेलमैदानमा खेलकुद केन्द्रको रुपमा बिकास गर्नको लागि बजेट ब्यबस्थापनका लागि आफु प्रतिबद्ध रहेको बताउनु भएकोछ।जिल्ला कओ खो संघ,रुपन्देहीका अध्यक्ष तुल बहादुर थापाको अध्यक्षता र संघका सचिब गंगालाल पौडेलको संचालनमा सम्पन्न सम्मान कार्यक्रममा जिल्ला भलिबल संघ,रुपन्देहीका सदस्य राम बहादुर थापा,जिल्ला एथलेटिक्स संघका दिनेश आचार्य लगायतले बधाई तथा शुभकामना मन्तब्य राख्नु भएको थियो भने संघका उपाध्यक्ष अमृत काफ्लेले स्वागत गर्नु भएको थियो।