बुटवल / सरकारले आफ्नो दलसंग गरेको ११ बुँदे सम्झौता कार्यान्वयन गर्न तराई मधेश टाइगर्स पार्टीले माग गरेको छ । शनिबार भैरहवामा पत्रकार सम्मेलन गरी पार्टीले पक्राउ परेका पार्टीका नेता कार्यकर्ताहरु रिहा नभएकोले सम्झौता अनुसार यथाशिघ्र रिहा गर्न माग गरेको छ ।
पार्टीका केन्द्रीय सह–सचिव अमर धवलले सरकारले आफैले गरेको सम्झौता पालना नगर्दा कार्यकर्ताबाट दवाव आएको बताए । पत्रकार सम्मेलनमा पार्टीो नाम परिवर्तन गरी तराई मधेश जनता पार्टी राख्ने निर्णय भएको धवलले बताए । मधेशमा शान्तिपूर्ण राजनीति गरी निर्वाचन आयोगमा दल दर्ताका लागि जाने धवलको भनाई छ । हाल १५ वटा जिल्लामा पार्टीको संगठन विस्तार भइसकेको धवलले दावी गरे । सरकारले सो पाटीसँग २०७१ र २०७५ सालमा दुई पटक वार्ता गरेको थियो ।












