जिल्ला लिग फुटबल शुरु उद्घाटन खेलमा झरना बिजयी

प्रकाशित मिति:

दिपक न्यौपाने  बुटवल । शुक्रबार ३२ जेष्ठ। रुपन्देहीमा शनिवारदेखि रुपन्देही जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा झरना स्पोर्टस क्लब कुन्जलापुर बिजयी भएको छ । उमा निमाबी कुन्जलापुरको खेल मैदानमा भएको खेलमा झरनाले अमर ज्योतीलाइ ५ –१ ले पराजीत गरेको हो । यो फराकीलो जीतसगै झरना अघिल्लो चरणमा प्रबेश गरेको छ । प्रतीयोगीता अन्र्तरगत आइतबार बिहान र साझ गरी २ खेल हुने कार्यक्रम संयोजक लोक पुनले जानकारी दिए ।

कुञ्जलापुर खेल मैदान र जवई खेल मैदानमा असार १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा रुपन्देही जिल्लामा क्रियासिल –( जिल्ला फुटबल सघं रुपन्देहीमा आबद्ध) २० वटा फुुटवल क्लवको सहभागिता रहने जिल्ला फुटबल सघं रुपन्देहीले बताएको छ ।  प्रतियोगिता उपाधि विजेताले नगद १ लाख ११ हजार, प्रमाणपत्र, मेडल तथा उपविजेताले नगद ५५ हजार, प्रमाणपत्र, मेडल प्राप्त गर्ने फुटवल संघका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष कुमार केसीले बताए ।

यसैगरि सेमीफाईनलमा पुग्ने दुई टिमलाई समेत नगद १०–१० हजार प्राप्त गर्नेछन । प्रतीयोगीताको तयारी पुरा भएको आयोजकले बताएका छन । उदघाटन कार्यक्रम जिल्ला फुटबल सघं रुपन्देहीका उपाध्यक्ष मुकेश कुवरको अध्यक्षतामा सम्पन्न भएको थियो ।