काठमाडौंको सुईमिङ पुलमा डुबेर एक युवाको मृत्यु

प्रकाशित मिति:

काठमाडौं – काठमाडौंको धापासीस्थित नेचर क्लबमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ । आइतबार साँझ ५ बजे पौडी खेल्ने क्रममा बेहोश भएका अन्दाजी २८ वर्षीय युवाको मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका अनुसार पौडी खेल्ने क्रममा बेहोस भएका उनको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।