भेनेजुएलाको बस दुर्घटनामा परि १८ जनाको मुत्य, करिव ३० जना घाइते

प्रकाशित मिति:

एजेन्सी /पश्चिम भेनेजुएलामा बस दुर्घटनामा परी १८ जनाको मुत्यु भएको छ । दुर्घटनामा १४ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने चार जनाको उपचारका क्रममा मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

दुर्घटनामा करिव ३० जना घाइते भएका छन् । र, घाइतेहरुको भिल्ला डेल रसारियो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कोलोम्बियाको सीमा क्षेत्रमा पर्ने जुलिया राज्यको ग्रामीण इलाकामा सो दुर्घटना भएको थियो ।दुर्तगतिमा सवारी साधन चलाएका कारण उक्त दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । बसमा ५८ जना यात्रु सवार रहेको प्रत्यक्षदर्शीले जनाएको छ ।