लुटपाट गरी भाग्दै गरेको अवस्थामा ३ पक्राउ

प्रकाशित मिति:

म्याग्दी/ म्याग्दीको रघुगंगा गाउँपालिका(१ तिप्ल्याङस्थित बेनी जोमसोम सडकमा पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग।१ ज ५९०९ नम्बरको जिपलाई रोकी यात्रुहरूको नगद तथा सामन लुटपाट गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा म्याग्दी अन्नपूर्ण गाउँपालिका ७ हिस्ताङ बस्ने समिति पुन, म्याग्दी रघुगंगा गाउँपालिका(१ टिप्ल्याङ बस्ने यमस पुर्जा र पर्वत जलजला गाउँपालिका(३ पारी बस्ने कुशल पाईजा रहेका छन् ।उनीहरूले उक्त जिप रोकी यात्रुहरूको साथमा रहेको नगद तथा झोलाहरू लुटी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरूलाई भाग्दा भाग्दै फेला पारी पक्राउ गरेको हो । यस विषयामा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।