नायिका नितालाई तिज लाग्यो ,तीज गीतमा नीताको छमछमी

प्रकाशित मिति:

काठमाडौँ /गायिका सहिमा श्रेष्ठ नेपाली सांगीतिक क्षेत्रका लागि नयाँ नाम होइन । चलचित्र र आधुनिक गीतमा उनी चर्चित छिन् । उनै, सहिमाले यो बर्ष पनि तीजको गीत सार्वजनिक गर्ने तयारी गरेकी छिन् । ‘यसपालिको तीजमा केही त होला की’ बोलको गीतको ललितपुरमा छायांकन गरिएको छ । गीतमा अमर राइको शब्द छ भने सन्तोष श्रेष्ठले संगीत भरेका छन् ।

यो गीतको कोरियोग्राफी तथा निर्देशक पवित्रा आचार्यले गरेकी छिन् । भिडियोमा दिव्य सुवेदीको छायांकन छ । यो गीतको भिडियोमा नायिका नीता ढुंगानाले नृत्य गरेकी छिन् । गीतको बिषयमा सहिमाले भनिन्–‘यो गीतले एक अविवाहित यूवतीको भावनालाई प्रतिविम्बित गर्छ । आफूले कस्तो श्रीमान् पाउँछु होला भनेर कल्पना गर्ने एक यूवतीको भावनामा यो गीत तयार भएको छ ।’