बुटवल – पूर्वाधार विकासका लागि लक्ष्य र योजना विना लगानी गरिएका कारण लगानीको सहि सदुपयोग हुन नसकेको प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले बताउनु भएको छ ।
नेपाल उद्योग परिसंघले निकट भविश्यमा गर्न लागेको तेस्रो पूर्वाधार लगानी सम्मेलन–२०१९ को सन्र्दभमा शुक्रवार बुटवलमा आयोजना गरेको प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रमको उद्घान गर्दै मुख्यमन्त्री पोखरेलले सो कुरा बताउनु भएको हो । उहाले आर्थिक समृद्धिका लागि आवश्यक लगानीको बातावरण तयार गर्न पूर्वाधारको विकासमा नीजि क्षेत्रको महत्वपूर्ण भूमिका रहने हुदा नीजि क्षेत्रको लगानी सुरक्षाका लागि राज्यको उपश्थिति, सहभागिता र सहयोग कुन रुपमा हुनु पर्दछ छलफल गरि लक्ष्य किटान गर्न उद्योगिहरुसंग आग्रह गर्नु भयो । मुख्यमन्त्री पोखरेलले पाच नं. प्रदेशमा औद्योगिक लगानीको उपयुक्त बातावरण रहेको कुरामा सबै सहमत भएको अवस्थामा त्यसलाई अझ फराकिलो र सहकार्यको मोडेल कस्तो बनाउनु जरुरी छ भन्ने विषयमा सुझाव दिन आवहान गर्नु भयो ।
उहाले पाच नं. प्रदेशमा लगानीका क्षेत्र धेरै रहेको र त्यसलाई व्यवश्थित रुपमा अगाडी बढाउन नीजि क्षेत्रले आफ्नो व्यवसायीक क्षमताको विकासमा ध्यान दिनु जरुरी भएको बताउनु भयो । आर्थिक विकासका लागि लगानीकर्तामा जोखिम मोल्ने क्षमता जरुरी भएको भन्दै मुख्यमन्त्री पोखरेलले त्यसमा प्रदेश सरकार सहयोगि बन्ने आश्वासन दिनु भयो । सो अवसरमा उहाले नीजि क्षेत्रमा व्यवसायीक संस्कार कतैकतै कमी देखिएका कारण लगानीको प्रतिफलमा सोचे अनुसार आउन नसकेको प्रति उद्योगीहरुलाई गम्भिर बन्न सचेत बनाउदै लगानीको सुरक्षाका लागि बैकिङ प्रणालीको क्षमता बृद्धि जरुरी रहेको धारणा राख्नु भयो ।
कार्यक्रममा पाच नं. प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले यस प्रदेशमा लगानीका क्षेत्रहरु प्हिचान गरि त्यसलाई योजनाबद्ध रुपमा कार्यान्वयन गर्न सरकार कटिवद्ध भएको जानकारी गराउ्दै लगानी गर्न चाहाने नीजि क्षेत्रलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।कार्यक्रममा योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्माले लगानीका क्षेत्रहरुको पहिचान गरि त्यसमा नीजि क्षेत्रको सहभागिता बढाउदै लैजानका लागि आवश्यक नीतिगत र कानुनी सुधारमा राज्यले ध्यान दिनु पर्ने बताउनु भयो । पूर्वाधार विकासमा नीजि क्षेत्र प्रवेश गर्न नसकेको कुरालाई कहा बाधाहरु छन् भन्ने खुट्याउन जरुरी रहेको उल्लेख गर्दै डा. शर्माले पाच नं. प्रदेशमा पर्यटन, उर्जा र खानी क्षेत्रको लगानी उत्पादन मुलक रहेको देखिएको हुदा नीजि क्षेत्रलाई अगाडी बढ्न आग्रह गर्नु भयो । नेपाल उद्योग परिसंघका उपाध्यक्ष विरेन्द्र पाण्डेले लगानीकर्तालाई आकर्षण गर्न राज्यले सुधार गर्नु पर्ने र नीजि क्षेत्रले ध्यान दिनु पर्ने विषयको परिचान गरि लगानीको बतावरण बनाउन परिसंघ क्रियाशिल रहेको बताउनु भयो ।
उहाले पूर्वाधारको विकास स्थानिय स्तरबाट उठाएर राष्ट्रिय रुपमा कार्यान्वयन गर्न सकेमा त्यसले सहि मार्ग भेट्ने बताउदै लगानीका लागि देशको आवश्यक्ता के हो भन्ने बारेमा स्पष्ट हुन नसक्दा परिणाम र लगानी नभएको गुनासो व्यक्त गर्नु भयो । रुपन्देही उद्योग संघको समन्वयमा नेपाल उद्योग परिसंघको आयोजनामा भएको कार्यक्रममा प्रदेश नं. ५ योजना आयोगका सदस्य विष्णु प्रसाद गौतम, उद्योग संघका अध्यक्ष गणेश प्रसाद अधिकारी, रोडा ढुङा व्यवसायी समिति प्रदेश संयोजक गोपाल ज्ञवाली, जगदम्बा सिमेन्टका विदुर ढुङगाना, उद्योगी ज्ञानेन्द्र कसजु लगायत बोल्नु भएको थियो । कार्यक्रम नेपाल उद्योग परिसंघ प्रदेश पाचका संयोजक एजाज आलमको अध्यक्षतामा भएको थियो ।












