पोर्चुगलका नेपालीद्वारा कैलालीका हावाहुरी पीडितलाई सहयोग

प्रकाशित मिति:

पोर्चुगल-र्चुगलमा रहेका नेपालीहरुले कैलाली र कञ्चनपुरका हावाहुरी पीडितको सहयोगका लागि रकम संकलन गरी पठाएका छन्।सुदूर पश्चिम समाज पोर्चुगलले नेपालीहरुबाट संकलित ११३० युरो ९एक लाख ४० हजार चार सय २९ रुपैया० हावाहुरीबाट विस्थापितहरुको घर पुनर्निर्माण गरिरहेको रोटरी क्लव अफ धनगढीलाई पठाएको छ ।

अवसर, अध्ययन र कामको खोजीमा पोर्चुगलमा रहेका नेपालीहरुले स्वस्र्फुत रुपमा कैलाली र कञ्चनपुरका हावाहुरी पीडितका लागि रकम उठाएका हुन् ।त्यसको नेतृत्व सुदूर पश्चिम समाज पोर्चुगलले गरेपनि पोर्चुगलमा रहेका सुदूरपश्चिमेली मात्र नभएर सम्पूर्ण मनकारी नेपालीहरुले स्वेच्छाले सहयोग गरे ।सुदूर पश्चिम समाज पोर्चुगलका सदस्यहरुले हावाहुरी पीडितहरुलाई सहयोग गर्न युरोपमा रहेका नेपालीहरुलाई आह्वान गर्दै रकम जम्मा गर्न खाता नम्बर सामाजिक सञ्जालमा राखेको थिए । त्यही खातामा पोर्चुगलमा रहेका नेपालीहरुले स्वेच्छाले रकम जम्मा गरेको सुदूर पश्चिम समाजका अगुवा गणेश पाण्डेयले बताए ।हावाहुरी पीडितका लागि सहयोग गर्नेमा ४६ जना रहेका छन् । जसले जति सक्यो, त्यति सहयोग गरे । सन्तोष जोशीले मनी ट्रान्सफर गर्दा लाग्ने शुल्क लिएनन । र थप सहयोग समेत गरे

समाजका तर्फबाट अछाम बुढाकोट घर भै हाल पोर्तुगल बस्दै आएका कृष्णजंग कुवँर र भोइस अफ नेपाल टिभीका सम्पादक गणेश पाण्डेयले सहयोग संकलनमा बिशेष भूमिका खेलेका हुन् ।साथै बिगतका दिन देखि हरेक सामाजिक कार्यमा हातेमालो गर्दै आएको नेपाली नारी समाज पोर्चुगलले सहयोगका लागि सहयोगी भूमिका खेलेको थियो ।सहयोगका लागि नेपाली नारी समाज पोर्तुगलको तर्फबाट कोअर्ड़ीनेट गर्ने काम सम्झना अधिकारीले गरेकी थिइन्।नेपालमा दैवी विपत्ति वा पीडा हुदा प्रवासमा रहेका नेपालीहरुलाई पनि त्यसले दुखाउदो रहेछ, रोटरी क्लव अफ धनगढीका अध्यक्ष पुष्कर ओझाले भने, पोर्चुगलमा रहेका मनकारी नेपालीहरुको सहयोगले त्यस्तो महशुस गराएको छ ।

धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वडले पोर्चुगलमा रहेका नेपालीहरुबाट सहयोग भएकोमा आभार व्यक्त गरे ।यो हाम्रो लागि ठूलो सहयोग हो, मेयर वडले भने, सुदूर पश्चिम समाज पोर्चुगल र त्यहाँ रहेका नेपालीहरुबाट भएको यो सहयोग र उदारताको हामी उच्च प्रशंसा गर्दछौ ।

मनकारी व्यक्तिहरुको नामावली यसप्रकार छ।

१. नबिन तिमल्सेना- १० युरो

२.टंक सापकोटा ,सिता सापकोटा ( दम्पती ) -१०० युरो

३. कृष्ण जंग कुँवर -५५ युरो

४.अनिल शर्मा ( अध्यक्ष – एन आर एन ए अल्गार्भ – पोर्तुगल ) -२१ युरो

५.नरेश कठायत- १० युरो

६.गणेश पाण्डेय (भोइस अफ नेपाल टिभी)-३३ युरो

७.सुरेश जोशी (भोइस अफ नेपाल टिभी)-२५युरो

८. अर्जुन जयसवाल ( फोटोदृष्टी )-२१ युरो

९. धनि राम पौडेल-१५ युरो

१०. जयकला राई -१५ युरो (नेपाली नारी सामाज पोर्तुगल – अध्यक्ष )

११. सीता बराल-१५ युरो(नेपाली नारी सामाज पोर्तुगल)

१२. मिना माया खरेल -११ युरो (नेपाली नारी सामाज पोर्तुगल)

१३.कल्पना कार्की -२१ युरो(नेपाली नारी सामाज पोर्तुगल)

१४. सीता श्रेष्ठ (शिवानी)-२१युरो(नेपाली नारी सामाज पोर्तुगल)

१५. सम्झना अधिकारी-२१ युरो (नेपाली नारी सामाज पोर्तुगल)

१६. पुनम गौतम -१० युरो (नेपाली नारी सामाज पोर्तुगल)

१७. ज्योत्सना अधिकारी – ११ युरो (नेपाली नारी सामाज पोर्तुगल)

१८. बिन्दु लामा – ११युरो (नेपाली नारी सामाज पोर्तुगल)

१९. प्रितु योञ्जान-१०युरो (नेपाली नारी सामाज पोर्तुगल)

२०. गंगा साप्कोटा – १०युरो (नेपाली नारी सामाज पोर्तुगल)

२१. डोंगा ल्हामु शेर्पा- १०युरो (नेपाली नारी सामाज पोर्तुगल)

२२. माया घले -१०युरो (नेपाली नारी सामाज पोर्तुगल)

२३.बिमला आचार्य (बिद्या )-१०युरो (नेपाली नारी सामाज पोर्तुगल)

२४.सारा चन्द ,संजोक खड्का -१००युरो(कुइक् एसिया थाई रेस्टुरेन्ट)

२५. नारायणकाजि मगर-३१ युरो( एन आर एन पोर्तुगल उपाध्यक्ष)

२६. यादव देवकोटा -१० युरो (न्युज २४ नेपाल युरोप कोअर्डीनेटर \भोइस अफ नेपाल टिभी)

२७. प्रबिण धिताल ,बिमला अधिकारी ( दम्पती ) -२० युरो (लेन्स आर्ट मिडिया \भोइस अफ नेपाल टिभी)

२८. कमल बिष्ट -५० युरो(ओला नेपाल रेस्टुरेन्ट)

२९. दिपेन्द्र सरु हमाल -२५ युरो

३०. धिर्क बहादुर मल्ल -११ युरो

३१. कुबेर कार्की-५१ युरो (एन आर एन पोर्तुगल अध्यक्ष)

३२.बिकाश गुरुङ (सौगात स्नॊकर)-२० युरो

३३. देवेन्द्र पुन -११ युरो

३४. धन शेर्पा -२५ युरो(एभरेष्ट रेस्टुरेन्ट अन्जुस)

३५. माधव आचार्य -१० युरो

३६. दिपेश बिक्रम बिष्ट -५१ युरो ( फ्री हेल्थ नेपाल )

३७. ठकुरी समाज पोर्तुगल -१०० युरो

३८. बिनोद घिमिरे-२० युरो(ज.स. स. पोर्तुगल अध्यक्ष)

३९. लक्ष्मी प्रसाद साप्कोटा-३० युरो(ज.स. स. पोर्तुगल)

४०.सुनिता ब्लोन तामांग-१० युरो (तामांग समाज पोर्तुगल)

४१.सन्तोष कुँवर -११ युरो

४२. विश्व प्रकाश चापागाईं-११ युरो

४३. राजेन्द्र कुँवर -१० युरो

४४. पुष्पराज गिरी – ११ युरो

४५. सन्तोष जोशी – १६ युरो ( मनि ट्रान्सफर वाफतको सर्भिस चार्ज १० युरो मिनाहा )

४६. महेन्द्र महत – १० युरो