दमक– झापाको विर्तामोडकी एक ८ वर्षीया बालिका अपहरणकारीको पन्जाबाट भाग्न सफल भएकी छन्। विर्तामोड–८ बस्ने ती बालिकालाई चकलेट किनिदिने बहानामा एक जना व्यक्तिले विर्तामोडको पश्चिम स्टेन्ड पुयाएका थिए। घरमुनि खेलिरहेको अवस्थामा फिरफिटे चकलेट किन्दिने भनेर फकाएर अटो रिक्सामा चढाएका थिए। विर्तामोडस्थित होटल विनायक पछाडिबाट बालिकालाई अपहरण गरी लगिएको थियो। साँझ साढे ६ बजेबाट बालिका हराएको हजुरबुबा राम बस्नेतले जानकारी दिए।
अपहरण प्रयास गर्नेले बालिकालाई अटो रिक्सामा चढाइ मुक्तिचोकबाट फेरि पश्चिम पु(याएको प्रहरीको भनाइ छ। पश्चिम स्टेण्डमा पु(याएपछि अपहरणकारीले बालिकालाई हातपात गर्न खोजेपछि बालिका भागेर घर आएकी थिइन्। ८ बजेर २० मिनेटमा अपहरणकारीको पन्जाबाट भागेर बालिका घर आएको प्रहरीको भनाइ छ। डिएसपी मोहन थापाका अनुसार बालिका नियन्त्रणमा लिएको क्षेत्रमा सिसी क्यामेरामा हेर्ने काम भइरहेको छ।












