फिल्म निर्माता कार्की पक्राउ
नेत्रविक्रम चन्द विप्लव समूहका लागेको आरोपमा फिल्म निर्माता नरबहादुर कार्की पक्राउ परेका छन्
काठमाडौं– नेत्रविक्रम चन्द विप्लव समूहका लागेको आरोपमा फिल्म निर्माता नरबहादुर कार्की पक्राउ परेका छन्।
कार्कीलाई महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको संयुक्त टोलीले कमलपोखरी क्षेत्रबाट सोमबार साँझ नियन्त्रणमा लिएको हो। परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले संदिग्ध गतिविधिमा लागेका कार्कीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए। उनीमाथि आवश्यक अनुसन्धान भइरहेको छ। कार्की नायिका रेखा थापाको प्रमुख अभिनय रहेको फिल्म ‘मालिका’का निर्माता हुन्। कार्कीले पछिल्लो समय सामाजिक सञ्जालमा सरकार र प्रहरीविरुद्ध आक्रामक धारणा लेख्दै आएका थिए।












