सिरहा-सिरहाबाट ठुलो परिमाणमा चरेससहित दुई युवकलाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका–११ बस्ने रामभगत महतो र सोही नगरपालिका९१२ का रामेश्वर महतो रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी अपिल राज बोहोराले जानकारी दिनुभयो ।
डिएसपी बोहोराका अनुसार बिशेष सुराकको आधारमा खटीएको प्रहरी टोलीले सिरहाको धनगढीमाई नगरपालिका १० बाट उनलाई पक्राउ गरेको हो । उनका साथबाट १७ वटा प्याकेटमा रहेको लाखौँ मूल्य बराबरको साढे आठ किलो चरेस रहेको थियो ।पक्राउ परेकालाई थप अनुन्धानको लागि जिल्ला अदालत सिरहाबाट म्याद थप गरिएको जनाइएको छ । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी सिरहाले जनाएको छ ।












